untitled
SAROJ.COM.....CREATION on NEPALi FAVOUR.
ME ! SAROJ BOGATI

मेरा कबिता

एक्लो मन
याद अनि रोदन
कलीला हात
( के गर्नु मन , हात ले नबुझ्ने भाषा बोल्छ । )


कहाँ होला उ ?
रोएकै त होला 
मान्छे को जुनि


बिते कति दिन
कालीगण्डकी
अबिरल बगिरहेछ ।


हाँसेका होलान
मेरो दुख् मा
केटाकेटिहरु


रात बिझाउदा
सपनि देखेर
रुने धोको छ ।

पाना पल्टिदै छ
अतित खोज्दै
बिग्रेको केटो

चे ग्वेभारा छाति मा
शान ले
बब् मार्ले ओठमा झुन्डेकै छ ।


साथीहरु तपाईं लेख्नु हुन्छ भने मलाई पठाउनुस् न है

on bogatisaroj@gmail.com

मेरा कबिता हरु

मैले टिप्दा लट्ठि पनि साप हुन्छ किन?
राम्रो काम गर्दा पनि पाप हुन्छ किन?

भन्थे प्रेम त प्रेरणा हो जिवन् को
मेरा लगि तातो तातो राप् हुन्छ किन?

hang भयो जिवन् मेरो भिड्भाड ले गर्दा
मै बस्ने ठाउ मा नै चाप् हुन्छ किन?

जाना जानि चाप दिइ सरि भन्छन् उनिहरु
                               मेरो भुल को पटक पटक नाप हुन्छ किन?
                                               

         -टोप लाल अधिकरि   दोहा कतार

(०)


रमाउछु, खुशी हुन्छु, हासिरन्छु जैलेपनि,
खुशी छु म किन यती हास्दिनथे कैलेपनि ।

छेउकाले आँखा तर्छन्, टाढा का ले फर्किहेर्छन्,
उफ्री हिडछु टेक्दिन म ,खुट्टा ले भुई कैले पनि ।

खै के भा'को राम्रो लाग्छु,आफैलाई हेर्दा आफु,
चिट्टिक्कै म भाको हुन्छु, बहिर सबै मैले पनि।

नचिनेनि सबै सङ्ग मुस्काउदै हिन्ड्छु म त,
हुन त हो माया गर्थे, सबै लाई पैले पनि

CREAM घस्छु मुहार मा, टि-सर्ट मा बुट्टा भर्छु,
कपाल रङ्ग्याई कालो पार्छु,अनी हुन्छु "कैले"पनि ।

तिम्रै हो यो उपहार, खुसी दि यो यती बिधी,
सपनि म सँगै हुन्छौ, छेउ मा आउन येले पनि ।


( १ )


फर्केर आउछौ कि , यही एउटा आस छ ।
तिम्रै निम्ती साचेको, एकमुठि सास छ ।

हर साँझ सम्झी रन्छु , सपनि मा देखिरन्छु ।
सधैं सधैं कुरा हुँदा, ओठ मा तिम्रै बास छ ।

मेरा सबै खुशी हरु, तिमीलाई सुम्पिएथे ।
आफ्नै लागि छर्नलाई ,अलिकति मास छ ।

एक पल्ट भेट्नलाई, फर्किएर आउ "काले"
केवल तिम्लाई पर्खिराको, एउटा जिउदो लास छ ।


( २ )


आउ एकै छिन , बसी देउ न है ।
मेरो मन मुटु मा पसी देउ न है ।

साह्रै चिन्ता लाग्छ जवान छौ,
ए तारा मेरो छेउ खसिदेउ न है ।

मुखैले सबै भन्न सकिन खै,
प्रेम पत्र लेख्न , मसी देउ न है ।

निकै निकै नै, मनपर्छौ "काले"
कैले नछुट्ने गाठो, कसी देउ न है ।

"काली" भनेरै बोलाए हुन्छ अब,
बिन्ती मेरो मुटु म पसिदेउ न है ।

मर्छु काले म, बिन्ती तिम्रै काख मा,
सिउदो म एक चिम्टी सिन्दुर घसिदेउ न है।


( ३ )


रोएको छु जुनिभर , हासि देउ भन्छौ?
जिवन मर्नु रहेछ, बाचि देउ भन्छौ?

अक्कासिए म, खसलिदियौ,
पिर्ति अब फेरि, गासि देउ भन्छौ?

हात खुट्टा भाचेर लडाइदियौ
आफ्नै मुख् ले फेरि, नाचि देउ भन्छौ?

सुर्के कसेर मेरै घाटि मा,
मलाइ अब , फासि देउ भन्छौ?

भो काले सकिन, म,
बिदा देउ, किन मफि देउ भन्छौ?


( ४ )


आफ्नो हाँसो बन्धक राखी, बिदेश तिर हिन्छु लाग्यो।
अलिकता खुशी बचेँ, अरु आसु किन्छु लाग्यो ।

एक्लै भेट्दा फकाएथेउ, मन् मुटु चिरिवरि
आफै लाई हराएर, तिम्रो नाम लिन्छु लाग्यो।

रोए तिमि तिम्रो लगि, रुने मेरो रहर् भाथ्यो।
देखाएथ्यौ सपना ले, अब सन्सार किन्छु लाग्यो।

मन तन सुम्पे मैले, तिम्रै निम्ति मरिमेटे।
कोसौ पर आहटमा, तिम्रो आभास चिन्छु लाग्यो।

रोउ कति तिम्रो याद मा, भन् "काले" तिमि आफै,
तिम्रै निम्ति रित्तिएथे, बाकि सास नि दिन्छु लाग्यो।


sathi ! Don't forgot to mail me

on

bogatisaroj@gmail.com

on

GO Get It.


Web Hosting · Blog · Guestbooks · Message Forums · Mailing Lists
Allwebco Web Templates · Build your own toolbar · Site Building Articles · Audio, Fonts, Clipart
powered by a free webtools company bravenet.com